Wednesday, June 26, 2013

धनुषा नर्सिङमा स्वामित्वको विवाद

जनकपुरको एक नीजि नर्सिङ कलेजमा स्वामित्व सम्बन्धि विवाद सतहमा आएको छ । का“ग्रेस केन्द्रिय सदस्य एवम् पूर्ब स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले जनकपुरका ब्यवसायी तथा चिकित्सकले सञ्चालनमा ल्याएको नर्सि· कलेज आफ्नो रहेको दाबी गर्दै स्वामित्वको दाबी गरेपछि कलेजको स्वामित्वको बिषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
धनुषा अस्पताल तथा अनुसन्धान केन्द्रले सञ्चालनमा ल्याएको नर्सि· कलेज आफ्नो रहेको दाबी गर्दै नेपाली का“ग्रेसका केन्द्रिय सदस्य एवम् पूर्ब स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले ब्यवस्थापनको सम्पूर्ण जिम्मेबारी लिएर अनुसन्धान केन्द्र सञ्चालकप्रति कडा रुपमा प्रस्तुत भएपछि कलेज स्वामित्वको विवाद सार्वजनिक भएको छ । सञ्चालक समितिका अध्यक्ष् समेत रहेका अनुसन्धान केन्द्रका शेयरधनी महेश रजकले राजनीतिक दबाब र शक्तिको आडमा चौधरीले केन्द्रको नर्सि· कलेज कब्जा गर्न खोजेको आरोप लगाए ।
२०६४ सालमा अनुसन्धान केन्द्र अन्तगर्त प्राबिधिक शिक्ष्  तथा ब्यवसायिक तालिम परिषद् सीटीईभीटीमा कलेज दत्र्ता हु“दा चौधरी स्वास्थ्यमन्त्री थिए । अनुसन्धान केन्द्रले दाबी गरे बमोजिम सम्बन्ध दिलाईदिने शर्तमा तात्कालीन मन्त्री चौधरीले वर्षेनी १५ लाख पाउने शर्त स्वीकार गरी दत्र्ता गरिएको थियो । साथै केन्द्रले ब्यवस्थापनको जिम्मा समेत मन्त्री चौधरीलाई दिएको थियो ।
हाल आएर मन्त्री चौधरीले नर्सि· कलेजको नाउ“ समेत परिषद्को स्वीकृती नै नलिई धनुषा नर्सि· कलेज राखेका छन् । परिषद्को निस्कासन गर्ने परिणाम लगायत केन्द्र निर्धारणमा हाल पनि केन्द्र नै कायम गरिएको छ । जनकपुरमै रहेका मन्त्री चौधरीसित पटक पटक भेट्ने प्रयास गरिदा उनले ब्यस्त रहेको भन्दै भेट्न चाहेनन् । कलेजमा अध्ययनरत १ सय २० छात्रामध्ये अधिकांशले भने कलेज अध्यक्ष् रजक र डाक्टर रामबाबु रमण जयसवालकै रहेको बताएका छन् । नाउ“ उल्लेख नगर्ने शर्तमा एक छात्राले भनिन् – चौधरी पक्षले पूर्ण रुपमा ब्यवस्थापन गरेदेखि पठनपाठनको स्तर खस्किनुका साथै छात्रालाई आफ्नो बिपक्ष्ँमा बोले बिभिन्न धाक धम्की दिदै आएका छन् । पत्रकार सम्मेलनमा सञ्चालक समितिका पूर्ब अध्यक्ष डाक्टर जयसवालले जेठ ३ गते मध्य रातिमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएर चौधरीको ७८ प्रतिशत शेयर हुने गरी कागजात गराएको दाबी गरे ।
कागज गराईदा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वाल, अञ्चल प्रहरी जनकपुरका प्रहरी वरिष्ठ उपरिक्षक शिव लामिछाने र प्रहरी उपरिक्ष्ँक बसन्त पन्त समेत उपस्थित रहेको जयसवालले दाबी गरे ।
सहायक प्रजिअ कट्वालले कलेज चौधरीकै रहेको र गुण्डाको भरमा जयसवाल लगायतका सञ्चालक समितिका पदाधिकारीहरुले कलेजको स्वामित्व लिन खोजेको दाबी गरेका छन् । उनले भने – कलेज स्वामित्वको प्रमाण देखाउन आग्रह गर्दा सञ्चालक समितिले हालसम्म उपलब्ध गराउन सकेका छैनन् । अनुसन्धान केन्द्रकै स्वामित्वमा जनकपुरको स्टेशन रोडमा धनुषा अस्पताल समेत रहेको छ । सञ्चालक समितिले स्वामित्वको विषयलाई लिएर पुनरावेदन र जिल्ला अदालत सम्म पुग्दा समेत अदालतले अस्वीकार गर्दै आएको छ ।